• १९
  • चैत्र
  • २०८२
  • 02
  • Apr
  • 2026
#
FINE GOLD

10 gms: NRs. 252060/-

1 Tola: NRs. 294000/-

#
STANDARD GOLD

10 gms: NRs. 0/-

1 Tola: NRs. 0/-

#
SILVER

10 gms: NRs. 4098/-

1 Tola: NRs. 4780/-

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

३१ असोज, काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।
आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

Sharing is caring!